जनकपुरमा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना
जनकपुरधाम - राष्ट्रिय सभाको हुने निर्वाचनका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार एक कार्यक्रमबीच माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सो कार्यालयमा निर्वाचन अधिकृतको रुपमा ब्रजेश प्याकुरेलले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका उम्मेदवारको मनोयन दर्तादेखि मतदाताहरुलाई मतदान गर्नका लागि जनकपुरधाममै सुविधा मिलाउन उद्देश्यले सो कार्यालयको स्थापना गरिएको निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले जानकारी दिइन् ।
माघ १२ गते देशै भरी हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ का ८ वटै जिल्लाका ३ सय ७२ जना मतदाता रहेको छ । राष्ट्रियसभाका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले मतदान गर्न पाउनेछन् । प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र पालिकाहरुका २ सय ६८ प्रमुख तथा उपप्रमुखहरु रहेका छन् ।

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै

सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो : पूर्वन्यायाधीश केसी
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख न…

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

रविविरुद्ध अख्तियारमा उजुरी

सडक नै नभएको ठाउँमा पुल : यातायात मन्त्रालयका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

प्रतिक्रिया