बिहीबार थपिए २४१ संक्रमित, मृत्यु शून्य

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर दुई सय ४१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आठ हजार आठ सय ९७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय ३५ र एन्टीजेन्ट विधिबाट ६ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी २ सय २८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भइसकेका छन् । आज कुनै पनि संक्रमितको मृत्यु भएन र हालसम्म ११ हजार ५ सय ९० संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ४ हजार ८ सय ७१ र २४ घण्टामा ५६ हजार १ सय १२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा ८३ र भेन्टीलेटरमा २३ जना उपचाररत छन् । होम आईसोलेशनमा ४ हजार ६ सय ३४, संस्थागत आईसोलेशनमा २ सय ३७ र क्वारेन्टाइनमा १ सय ३ जना छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया