दीर्घरोगीले कहिलेदेखि पाउँछन् कोभिडविरुद्धको अतिरिक्त खोप?

काठमाडौँ- सरकारले दीर्घकालीन रोग भएका ६० वर्षमाथिका उमेर समूहकालाई अतिरिक्त खोप दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार मन्त्रालयले उक्त खोप दिने तयारी गरेको हो । कोभिडविरुद्धको अतिरिक्त खोप दिने विषयमा निर्णय भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयले राष्ट्रिय खोप सल्लाहकार समितिको सुझावअनुसार उक्त प्रक्रिया अगाडि बढाएको हो । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई पहिले लगाइसकेको खोप लगाउने तयारी छ । 'खोपको व्यवस्थापन भएपछि जिल्ला स्वास्थ्य कार्यालयले खोप लगाउने मिति सार्वजनिक गर्नेछन,' उनले भने,' मन्त्रालयले पनि त्यसको चाँडै घोषणा गर्नेछन् ।'
क्यान्सर, मृगौला र मुटु रोगी जस्ता अन्य दीर्घकालीन रोग भएका मानिसले अतिरिक्त खोप पाउने भएका छन् । बुष्टर डोज लगाउनका लागि सरकारले तत्कालै निर्णय नगरेको उनको भनाइ छ ।
यसअघि जुन कम्पनीको खोप लगाइएको थियो त्यही कम्पनीको अतिरिक्त खोप उपलब्ध गराइने भएको हो । अतिरिक्त खोपका लागि भेरोसेल, कोभिसिल्ड र अष्ट्राजेनिकाको खोप लगाएकाले पुनः त्यहीँ खोप लगाउनुपर्ने छ ।
कोभिडको नयाँ-नयाँ भेरियन्टको विकास भएकाले पनि अतिरिक्त खोप दिन लागिएको उनको भनाइ छ । ओमिक्रोनलगायतका नयाँ भेरियन्ट देखिएपछि थप अतिरिक्त खोप दिने तयारी गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया