टेलिकमले एक महिनामै बढायो ८ लाख फोरजी प्रयोगकर्ता

काठमाडौँ - नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाउन सफल भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४ सय ३० पुगेका छन्।
गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३ सय ६५ फोरजी ग्राहक बढाउन सफल भएको हो । असोजको तुलनामा कात्तिकमा एनसेलका ग्राहक भने सामान्य बढेका छन् । यो एक महिनाको अवधिमा एनसेलले ८८ हजार ७ सय ६४ ग्राहक बढाएको छ ।
उता स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेका छन् । असोजमा १ लाख ६७ हजार ९६ फोरजी ग्राहक रहेका कम्पनीका कात्तिकसम्म आईपुग्दा घटेर १ लाख ५३ हजार ७ सय ४५ भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा १ करोड ३७ लाख ८७ हजार ४१९ फोरजी प्रयोगकर्ता रहेका छन् ।

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

प्रतिक्रिया