अब सेनाको निगरानीमा विप्लव समूह

काठमाडौं : नेपाली सेनाले मुलुकमा कोभिड-१९ को चुनौतीसँगै अन्य सुरक्षा चुनौतीहरू पनि बढ्दो रुपमा रहेको जनाएको छ । ‘पृतनापति समन्वयात्मक’ बैठकमा पृतनापतिहरूले नेत्रविक्रम चन्द (विप्लव) समूहको गतिविधीलाई ध्यानमा दिएर यस्तो धारणा राखेका हुन् । उपत्यका पृतना बाहेक अन्यले चन्दको गतिविधीलाई नियाल्न र निस्तेजको रणनीति तय गर्न आवश्यक रहेको जानकारी दिएको एक सहभागीले बताए ।
मुलुकमा द्वेष फैलाउने, शान्ति सुरक्षामा खलल पुर्याउने कुनै पनि व्यक्ति वा समूहलाई नेपाली सेनाले आफ्नो तर्फबाट सरकारको निर्देशन अनुरुप कारबाही गर्नेछ । त्यस्ताको गतिविधीमा निगरानी राखेर निस्तेज गर्नका लागि अन्य सुरक्षा निकायसँग सेनाले सहकार्य गर्ने उल्लेख छ । मुलुकको सार्वभौमिकता, सुरक्षा र अखण्डताको लागि सेना सधै संविधानको परिधिमा रहेर पहरेदारीको भूमिमा हुने पनि स्पष्ट पारिएको छ ।
सुरक्षाको विषयमा नयाँ रणनीति बनाउने, यस्ता समुहलाई निस्तेज पार्ने जस्ता विषयमा छलफल भएको हो । गत भदौमा नै गर्ने भनिएको उक्त समन्वय बैठक तत्कालिन रक्षामन्त्रीसँगको सेनाको सम्वन्धमा आएको चिसोपनाले पछि धकेलिएको थियो । आइतबार आरम्भ भएर मंगलबार अबेर सम्पन्न बैठककै बीच पूर्व रक्षामन्त्रीलाई विदाई समेत जंगी अड्डामा गरिएको थियो ।
रक्षामन्त्रालयको जिम्मेवारी आफैमा राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उक्त कार्यक्रमको उदघाटन गरेका थिए । प्रधानमन्त्री ओलीले सेनाभित्रै घुसपैठ हुनसक्ने संकेत गरेका थिए । उनले त्यसमा सेनालाई सचेत रहन निर्देशनसमेत दिएका थिए । भर्चुअल माध्यमबाट जंगीअड्डाले सञ्चालन गरेको उक्त बैठकमा सेनाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरूको कार्य प्रगतिको समिक्षा भएको थियो ।
सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड-१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आईपर्ने सक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिहरु सम्बन्धमा सुझावहरू पनि ब्यक्त भएका थिए । उनीहरूको सुझावलाई समेत ध्यानमा दिएर सेनाले यसलाई अघि बढाउने भएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले बैठकको समापन गर्दै भएका प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरूले भविष्यको लागि महत्वपुर्ण मार्गदर्शन गर्ने बताएका थिए । नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालिमा आधारीत बनाउन थप बल पुर्याएको पनि उनले बताए । जाडो मौसमका कारण पनि कोभिड-१९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरूसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका थिए ।

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया