‘आरआरआर’ किन हर हालतमा रिलिज गर्न चाहान्छन् राजामौली ?

मुम्बई - भोलिबाट रिलिज हुने साहिद कपुर र मुर्नाल अभीनित ‘जर्सी’ ओम्रिकोन संक्रमितको संख्या बढ्दै गएको कारण देखाउँदै सर्यो । जबकि भारत सरकारले यही कारण देशैभर हल बन्द गरिहाल्ने निर्णय गरिहालेको छैन ।
दिल्ली सरकारले हल बन्द गर्ने निर्णय गरेको छ तर बाँकी राज्यले त्यस्तो कुनै कदम चालेका छैनन् । ‘जर्सी’ सरेपछि ‘आरआरआर’ पनि सर्छ कि भन्ने अनुमान चलेका थिए तर निर्देशक एसएस राजामौलीले फिल्म नसर्ने जवाफ दिएका छन् । ४ सय करोड हाराहारी बजेजको फिल्म आखिर किन सार्न चाहान्नन् त राजामौली ?
समाचारअनुसार एसएस राजामौलीले फिल्म सार्न नचाहनुमा दुइटा कारण अगाडि आएका छन् । पहिलो कारण त फिल्मको प्रचारप्रसार भइसकेको छ र फिल्म हेर्नलाई उत्साहित दर्शकको जमातलाई राजामौली निराश पार्न चाहान्नन् ।
अर्को कारण चाहिँ उनले यो फिल्मको अघिपछि फिल्म रिलिज नगर्न तेलगुका धेरै निर्मातालाई मनाएका छन् । उनको आग्रह मान्दै तेलगुका निर्माताले प्रदर्शनका लागि तयार भएका फिल्म पनि थन्क्याएर राखेका छन् ।
फेरि सर्दा ती निर्मातालाई उसैगरी मनाउन गाह्रो हुने र प्रशस्त हल नपाउने कारण पनि राजामौलीले सरकारले हल पूर्णतया बन्द गर्ने निर्णय नगरुन्जेलसम्म फिल्म नसार्ने निर्णय गरेका हुन् । रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया