नेपाल तम्तयार, अलमलमा भारत

काठमाडौँ : सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि सेलाएको नेपाल–भारत वार्ताको तयारी पुनः अघि बढेको छ । वर्तमान सरकार कामचलाउको हैसियतमा रहेकाले निकै महत्वपूणै मानिने यो संयुक्त आयोगको बैठकमाथि भारत भने अलमलमा देखिन्छ ।
यसअघि डिसेम्बर भित्र नै बैठक गर्ने तयारी दुवै पक्षको थियो । हरेक वर्ष आलोपालोमा हुने उक्त बैठक यसपटक दिल्लीमा हुनेछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली जाने तयारीमा थिए ।
‘हामीमा उत्पन्न आन्तरिक कारणले केही समय पर सरेको भएपनि दुई साता भित्र बैठक हुने गरि तयारी अघि बढेको छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले इकागजसँग भने, ‘भारतसँग धेरै विषयमा सहमति भएर कार्यावन्यन पक्षमा अघि बढेको छ । सबै विषय यही बैठकमा छलफल हुने हुनाले यसको तयारी दुवै तर्फबाट भइरहको छ ।’
अझै तिथी तय भएको छैन तर बैठक हुन्छ, उनले भने । राजनीतिक अवस्था उस्तै रहेको भए डिसेम्बरको तेस्रो सातामा नै बैठक हुने थियो । नेकपाको आन्तरिक किचलोले बैठक अलमलमा पर्दै अहिले थप अन्यौल देखा परेको हो । प्रधानमन्त्री केपी ओलीले अकस्मात् प्रतिनिधि सभा भंग गरेपपछि बैठकको विषयमा भारतले खासै कुरा उठाएको छैन । यद्यपि नेपालले बैठकमा जोड दिइरहेको छ ।
यतिबेला सरकारको हैसियत कामचलाउ भएकाले भारतले वर्तमान सरकारसँग बैठक गर्ने या नगर्ने टुंगो नभएको दूतावास स्रोतले खलाउँदै भन्यो, ‘हुनत नेपाली पक्षले बैठकमा जोड दिएको छ । तर, भारत आफै अलमलमा छ । वर्तमान सरकार निर्वाचन गराउने सरकार भएकाले बैठक निर्वाचन पछि आउनेसँग गर्दा राम्रो हुनेछ ।’
वर्तमान सरकारले तत्काल संयुक्त आयोगको बैठक र त्यसलगत्तै प्रधानन्त्री ओलीको भारत भ्रमण गराउने सम्मको जानकारी भारतीय पक्षलाई दिएको छ ।
अगामी हप्ताबाट सर्वाेच्चमा संसद विघटनको बारेमा छलफल हुने र वर्तमान सरकारको हैसियत के हुने भन्ने टुंगो नलागेको अवस्थामा भारतले अझै भ्रमणका लागि हरियो बत्ति बाल्दैन । तर, ज्ञवालीले यहाँको आन्तरिक कारणले केही असहजता भएपनि दुईपक्षीय सम्वन्धमा ध्यान दिएर नै बैठक राख्न लागिएको बताए ।

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

प्रतिक्रिया