एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

काठमाडौं : ‘रङ वे’ निर्देशन पछि फिल्म निर्देशनबाट टाढिएका दीपक श्रेष्ठले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । नाम सार्वजनिक भइनसकेको फिल्मका लागि निर्देशक श्रेष्ठले एलिजा गौतमलाई साइन गरेका छन् ।
दुई वर्ष अघि ‘अनुराग’ निर्माण गरेर नेपाली फिल्ममा प्रवेश गरेकी एलिजाले त्यो फिल्ममा अभिनय पनि गरेकी थिइन् । तर, बक्स अफिसमा फिल्मले निराशाजनक प्रदर्शन गरेको थियो । त्यसयता म्युजिक भिडियोमा स्थापित हुन संघर्ष गरेकी एलिजाले यता पनि सोचे झैं सफलता हात पार्न सकेकी थिइन् । तर, दोस्रो फिल्मबाट एलिजालाई दर्शकलाई निराश नबनाउने वाचा गरेकी छिन् ।
निर्देशक श्रेष्ठसँगको सम्झौता गरेको फोटोसँगै उनले लेखेकी छिन् ,‘ नयाँ वर्षमा नवीन कामको थालनी । दिग्गज निर्देशक दिपक श्रेष्ठज्यूको निर्देशनमा माघ १ बाट छायाकन हुने चलचित्रमा सम्झौता गरेकी छु । यहाँहरुको माया, हौसला र प्रेरणाले सदैव कलामा दत्तचित्त हुने ऊर्जा मिलिरहेको छ । वाचा गर्छु म यहाँहरुलाई निराश बनाउनेछैन ।’
लामो समयपछि निर्देशनमा फर्कन लागेका दीपक श्रेष्ठले बीचमा हिरोका लागि थुप्रै अभिनेतासँग कुराकानी गरेका थिए । यो क्रममा बिपिन कार्कीसँग भेट गरेको तस्बिर भने श्रेष्ठ स्वयंले पोस्ट गरेका थिए । तर, फिल्ममा बिपिन वा अरु कोही अभिनेता रहने निर्देशकले सार्वजनिक गरेका छैनन् ।
‘हिम्मत’, ‘पापी मान्छे २’, ‘पर्खी बसेँ’,‘दुःख’ आदि गरी २५ वटा बढी फिल्म निर्देशन गरेका श्रेष्ठ पछिल्लो समय भने फिल्म निर्देशनबाट टाढा रहँदै आएका थिए ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया