हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालन

डोटी - हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।
हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिए ।

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया