सप्तकोशी विकास बैंकका सिईओसहित चार कर्मचारी पक्राउ

विराटनगर । बैंकबाट अनियमिमता भएको भनिएको करिब १६ करोड रकममध्ये १४ करोड रुपैयाँ आफ्नै नातेदारको खातामा ट्रान्सफर भएको पाइएपछि सप्तकोशी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) नविन सुवेदीसहित उच्च तहका चार कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिईओ सुवेदीका विश्वासपात्र तथा बैंकका वित्त प्रमुख देवीप्रसाद भण्डारी, बैंकका अपरेशन हेड अमित थापा मगर र जेनेरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई रहेका छन् ।
हिमालबाहेक तीन जनालाई बुधबार बैंकबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ हिनामिना भएको घटनामा संलग्नता रहेकोले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
विराटनगर महानगरपालिका–७ मेनरोडस्थित बैंकको कर्पोरेट कार्यालयमा रेमिट्यान्सतर्फको ‘पार्किङ एकाण्ट’ बाट उक्त रकम वर्षौंदेखि हिनामिना भएको खुलेपछि बैंकका जेनेरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई अनुसन्धानका लागि प्रहरी पहिलो चरणमा पक्राउ गरेको थियो । सिईओ सुवेदीकै पहलमा ०७१ मा बैंकमा जागिर सुरु गरेका हिमाल उनकै आफन्त हुन् ।
सिईओ सुवेदीले बैंकमा कर्मचारीकाे रुपमा आफन्तहरुलाई नियुक्त गर्ने गरेका छन् । आफू मातहतमा नाताका व्यक्ति भर्ना गरेर वर्षौंदेखि बैंकको रकम दुरुपयोग गरेको सिईओ सुवेदीमाथि आरोप लागेको छ । अनियमितताको घटनामा राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि राष्ट्र बैंकले सप्तकोशीलाई पत्र काटेको थियो । सुवेदीले लामो समयदेखि हिनामिना ढाकछोप गर्न लागिपरेको पक्राउ परेका हिमाललाई उदृत गर्दै उनका भाइ मनोज भट्टराईले बताए ।
बैंकभित्र अभद्र व्यवहार गरेको आरोपमा सिईओ सुवेदीकै योजनामा सुरुमा मंसिर १९ गते हिमाल पक्राउ परेका थिए । छोरा पक्राउ परेपछि हिमालका बुवा र भाइलगायतका परिवारका सदस्यले पत्रकार सम्मेलनमा सुवेदीको संलग्नताबारे दाबीसहित अनुसन्धान गर्न माग गरेका थिए । बैंकबाट गायब भएको करिब १६ करोड रकममध्ये करिब १४ करोड रुपैयाँ सिईओ सुवेदीकै आफन्त पर्ने वविता सुवेदीको नामबाट कारोबार भएको राष्ट्र बैंकमा पुगेको बेनामे उजुरीमा उल्लेख छ । वविता नाताले नविनकी फुपू दिदी वा बहिनी पर्ने उजुरीमा उल्लेख छ । वविताको ठेगाना बैंकको कोर बैंकिङ प्रणालीमा झापा गौरादह उल्लेख छ ।
बैंकबाट कराेडाैँ रकम हिनामिना भएको खुल्दै गएपछि अनुसन्धानको दायरासमेत बढाइएको प्रहरीले जनाएको छ । बैंक स्रोतका अनुसार आन्तरिकरुपमा समेत कारोबारको जाँच लगायतका अनुसन्धान जारी रहेको जनाइएको छ । प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको सप्तकोशी विकास बैंक ख वर्गको विकास बैंक हो । बैंकले मंगलबारमात्रै विज्ञप्ति निकालेर सर्वसाधारणको निक्षेप र लगानी सुरक्षित रहेको बताएको थियो ।
विज्ञप्तिमा २०७८ मंसिर मसान्तसम्मको पुँजीकोष ८६ करोड ३३ लाख र मंगलबार बेलुका ४ बजेसम्मको निक्षेप ४ अर्ब १८ करोड तथा लगानीमा रहेको कर्जा ४ अर्ब ३६ करोड रुपैयाँ रहेको उल्लेख छ । त्यस्तै सरकारी सुरक्षण पत्रमा १८ करोड लगानी रहेको बैंकले दाबी गरेको छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KMB5yR7ps2_wg7m9r37bvzkhrrhfnmhz807ojfptzdv6qxvow7y3lxb5o4skysdzzbd7kmr.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया