पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी

काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले आज लैनचौर ब्याङ्क्वेटमा आयोजना गरिएकाे ‘धन्यवाद ज्ञापन’ कार्यक्रममा उनले आफूले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने विश्वास दिलाए ।
“तपाईँहरूले मलाई जुन विश्वासका साथ पार्टीको सहमहामन्त्रीमा निर्वाचित गर्नुभएको छ र सरकारमा मन्त्रीका रूपमा पठाउनुभएको छ, त्यस अवसरलाई म खेर फाल्दिनँ”, उनले भने । मन्त्री चौधरीले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याएर काठमाडौँवासीलाई खुवाउने सपना देख्नुभयो उक्त सपनालाई आफूले अस्थायी रूपमा भए पनि पूरा गर्न लाग्ने बताए । खानेपानी जनताको मौलिक हक भएकाले यसलाई पूरा गर्ने दायित्व सरकारको भएको उनको भनाइ थियो ।
कांग्रेस नेता प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र १४औँ महाधिवेशनले बलियो बनाएको बताए । “कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीमा नीति र विचारभन्दा व्यक्तिको बीचमा प्रतिस्पर्धा भयो, जुन दुःखद कुरा हो”, उनले भने । पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारजित हुन्छ महाधिवेशनमा विजेताले उपविजेतालाई सँगै लिएर अगाडि बढेमात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई अझै सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए । अर्को केन्द्रीय सदस्य मञ्जु यादवले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गर्नेगरी कांग्रेसले सङ्गठन अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया