पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौँ – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वय नगर्नू नगराउनू भनी आदेश दिएको हो । सर्वाेच्चका सञ्चार विज्ञ किशोर पौडेलले उक्त मुद्दाका दुवै पक्षलाई छलफलका लागि माघ ३ गते अदालत उपस्थित हुन भनिएको जानकारी दिए । आफूलाई निलम्बन गर्नु गैरकानुनी भएको भन्दै रेग्मी सर्वाेच्च पुगेका थिए ।
रेग्मीमाथि लागेको विभिन्न आरोप छानबिनको लागि बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समितिसमेत गठन गरिएको थियो । छानबिन समिति गठन भएसँगै रेग्मी स्वतः निलम्बनमा परेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया