लोमसले दियो पशुपति विकास कोषलाई स्वास्थ्यसूरक्षा सामग्री

काठमाडौं : लोमस फर्मास्युटिकल्स प्रालीले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ । कम्पनीका ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन् ।
कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए । यसअघि पनि आफूहरुले विभिन्न संघ÷संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ । उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकत्ताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

प्रतिक्रिया