मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

‘प्रदेश सरकारले उद्यमी व्यवसायीका लागि नीति निर्माण गर्न नसक्नु दुर्भाग्य’

फाइल फोटो

जनकपुरधाम - उद्योग व्यवसायका प्रचुर सम्भावना रहेको यस प्रदेश २ मा हामीले चाहे अनुसारको आवश्यक निती निर्माण गर्न नसक्नु दुर्भाग्यपुर्ण रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन । बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नंं. २ को दोश्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राउतले उद्यमीहरुका लागि आवश्यक पर्ने निति निर्माणमा प्रदेश २ संगै संघीय र स्थानीय सरकार समेत चुकेको बताए ।

उनले ठूला, मझौला तथा साना उद्योगका लागि यो प्रदेशमा प्रचुर सम्भावना रहेको तर आवश्यक निती तथा कानून निर्माणको आभावमा फस्टाउन नसकेको र संचालनमा रहेका उद्योग व्यवसाय पनि विभिन्न समस्या झेलिरहनुमा प्रदेश सरकारको पनि कमी कमजोरी रहेको स्वीकार गरे ।

मुख्यमन्त्री राउतले यहाँका उद्योगी व्यवसायीका लागि स्वदेशमै वा बाहिर पठाउन बजार व्यवस्थापनका लागि आवश्यक निती नियम तथा कानूनको तीन वटै तहका सरकारबाट जुन किसिमको पहल हुनुपर्ने र त्यस किसिमको पहल हुन नसकेको गुनासो गरे । 

उनले संघीय सरकारद्वारा महिला तथा युवा लगायतका उद्यमीलाई दिइने सहुलियत ऋणमा भईरहेको समस्यामा सहजताका लागि पहल गरिदिन आग्रह गर्दै अन्य प्रदेश जस्तै यहाँका प्रदेश सरकारबाट साना उद्योगी तथा महिला उद्यमीका लागि विशेष आर्थिक सहयोगका प्याकेज ल्याउन मांग गरे । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष सीताराम अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव बिन्दु कुमारी मिश्राले साना तथा मझौला उद्योग व्यवसायका लागि प्रदेश सरकारले ऐन ल्याएपनि नियमावली आभावमा कार्यान्वयन आउन नसकेको बताइन् । 

सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका धनुषा अध्यक्ष नरेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, निवर्तमान केन्द्रिय अध्यक्ष सुर्य कडेरी लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।  
 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक