सरकारले गर्यो सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन
काठमाडौँ - सरकारले सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन गरेको छ ।
बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर उचाई उल्लेख गरिएको सगरमाथाको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् ।
त्यस्तै आठ हजार मिटर भन्दा बढि उचाई भएका कञ्चनजंगा, मनास्लु, अन्नपूर्ण लगायतका ७ वटा हिमाल अंकित हुलाक टिकट प्रकाशन गरिएको छ । त्यस्तै विभिन्न पदमार्ग, मिथिला आर्ट लगायत समावेश गरिएको सन २०२१ को हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा मन्त्री कार्कीले टाँचा लगाएका थिए ।
कार्यक्रममा मन्त्री कार्कीले हुलाक टिकले देशको आर्थिक, जैविक, सामाजिक, धार्मिक, राजनीतिक, भौगोलिक, सास्कृतिक र ऐतिहासिक महत्वलाई विश्वसामू प्रस्तुत गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
विभिन्न डिजाइनमा तयार गरिएको हुलाक टिकटको दर रु १० र २० रुपैयाँ कायम गरिएको छ ।

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया