पाँचथरकाे फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् ।
ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ ।
आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया