चुरे संरक्षणका लागि वृक्षारोपण

सप्तरी- चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षारोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षारोपण सुरु गरेको हो ।
जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले एक हजार २०० मगहनी, एक हजार मसला, ९०० खयर, ९०० तेजपत्ताका बिरुवा गरी चार हजार बिरुवा लगाइएको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताए ।
क्षेत्रमा रहेको प्रसिद्ध शनि मन्दिरसम्मको बाटो बनाउने काममा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र वृक्षरोपण अभियानलाई स्थानीयले निकै रुचाएको उपेन्द्र साहले बताए ।
श्री नं २७ बाहिनीपति सहायक रथी हेमराज केसीको विशेष उपस्थितिमा भएको वृक्षारोपण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सशस्त्र प्रहरी ६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठलगायत जनप्रतिनिधि, त्रिशक्ति र शनिदेव वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता थियो । रासस

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया