नेपाल एयरलाइन्सका दुई जहाज ग्राउन्डेड, सयौँ यात्रु अलपत्र
बोर्डिङ पास यात्रुलाई होटलमा राखियो, निगमलाई थपियो आर्थिक भार !

काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई वटा जहाज ग्राउण्डेड भएका छन् । काठमाडौँबाट जापानको नारिता उड्न लागेको वाइडबडी जहाज ‘इलेक्ट्रिक’ समस्याका कारण काठमाडौँमै रोकिएको छ । अर्को कतारको दोहाबाट दुबई हुँदै काठमाडौँ आउन लागेको न्यारोबडी विमान दोहामै ग्राउण्डेड भएको छ ।
काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापानको नारिता उड्न लागेको नाइन एन ए वाई वाइडबडी जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको स्रोतले जनाएको छ । यस्तै दोहाबाट काठमाडौँ आउन लागेको नाइन एन वाई के न्यारोबडीमा पनि प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको हो ।
दुवै जहाज उड्ने तरखरमा रहेका बेला प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएका नेपाल वायुसेवा निगम स्रोतले जनाएको छ ।
नारिता उड्न लागेका विमानमा ११० जना यात्रुले टिकट काटेर तयारी अवस्थामा रहँदा विमानमा प्राविधिक समस्या देखिएको हो । राती ११ बजे वाइडबडी नारिता उड्ने कार्यतालिका थियो । तर प्राविधिक समस्याका कारण विमान ग्राउण्डेड भएपछि यात्रुलाई होटलमा राखिएको छ । यस्तै दोहाबाट काठमाडौँ आउन लागेको विमानको इन्जिन ‘थर्किन’ थालेपछि निर्धारित समयमा उडाउन नसकिने भनेर ग्राउण्डेड भएको स्रोतले जनाएको छ ।
दोहाबाट काठमाडौँ आउन लागेको न्यारोबडीमा १९० जना यात्रुले बोर्डिङ पास लिइसकेका स्रोतले जनाएको छ । तर जहाजमा प्राविधिक समस्या देखिएपछि उनीहरुलाई विमानस्थलबाट होटलमा फर्काइएको छ । दोहाबाट न्यारोबडी जहाज मंगलबार राती १०ः५० बजे काठमाडौँका लागि उड्ने कार्यतालिका थियो ।
मंगलबार बिहान मात्रै १५० जना यात्रु लिएर न्यारोबडी काठमाडौँबाट दोहामा अवतरण भएको थियो । तर विमानमा समस्या देखिएपछि बोर्डिङ पास लिइसकेका यात्रुलाई होटलमा राख्नुपर्दा निगमलाई आर्थिक भार थपिएको छ ।
दुवै जहाज ग्राउण्डेड भएपछि टिकट लिइसकेका यात्रुलाई होटलमा राख्दा आर्थिक भार थपिएको छ भने जहाज अब कहिले उड्छ भन्ने एकिन नभएकाले निगम पदाधिकारीलाई तनाव बढेको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया