दशरथ रंगशालामा नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले माघ तेस्रो साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न जनाएको हो ।
फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुनलागेको एन्फाले जनाएको छ ।
पछिल्लो पटक नेपालले दशरथ रंगशालामा साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो ।
नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया