मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

गण्डकीमा मन्त्रीलाई जिम्मेवारी दिन अनुसूची परिवर्तन

पोखरा - गण्डकी प्रदेशमा विगत २ महिनादेखि विनाविभागीय मन्त्री रहेका दोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन कार्यविभाजन नियमावलीको अनुसूची परिवर्तन गरिएको  छ । सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले मंसिर २० र पुस १२ गते बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अनुसूची हेरफेर गर्ने प्रस्ताव स्वीकृत गरेको बताए ।

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका खड्काले अनुसूची परिवर्तन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै रहेको आन्तरिक मामिला मन्त्रालयलाई निकालिएको बताए । 

‘मन्त्रिपरिषद्को बैठकमा त्यस मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भएको छैन,’ प्रवक्ता खड्काले भने, ‘मुख्यमन्त्री ज्यूको अधिकार भित्रको कुरा हो उहाँले आफैंले सोचेर जिम्मेवारी दिन सक्नुहुन्छ ।’ मुख्यमन्त्रीको पछिल्लो मनासय बुझ्दा डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिनेमा उनी विश्वस्त छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी ‘गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७८’ स्वीकृत गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा भएको यो कार्यक्रम शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएर अघि बढेको उनले बताए । 

उनका अनुसार प्रदेशको शैक्षिक सुधारका लागि ल्याइएको कार्यक्रमका लागि २२ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यक्रमले बाल शिक्षा सुधार, अनलाइन शिक्षा लगायत अन्य शैक्षिक क्षेत्रमा सुधारको काम गर्नेछ । साथै प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०७६ को अनुसूची हेरफेर गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता मन्त्री खड्काले जानकारी दिए ।  उनका अनुसार मंसिर २० गते युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित स्वमसेवक थप्ने सम्बन्धी कार्यविधिलाई स्वीकृत गर्ने निर्णय गरिएको थियो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक