खुकुरी म्युजिक नेशनको शुभारम्भ

काठमाडौंः खुकुरी रमले नयाँ वर्ष २०२१ को भव्यतापूर्वक शुरुवात् गर्न २०२१ को पहिलो दिन जनवरी १ तारिखमा वृहत्तर अनलाइन् कन्सर्टको आयोजना गर्न लागेको छ । कार्यक्रम नयाँ वर्ष, नवीन शुरुवातप्रति समर्पित रहेको खुकुरी रमले जनाएको छ । सन् २०२० सबैको दुःख कष्टलाई बिर्सनका लागि कन्सर्ट उपयोगी हुने जनाइएको छ ।
कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहने बताइएको छ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्ट साँझ ६ बजेपछि खुकुरी युट्युब च्यानल र डिस होममा शुरु हुँदैछ ।
साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शीर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिने उल्लेख छ । शीर्ष १६ प्रतियोगीहरुको चयनको निर्णयक मण्डलमा विपुल क्षेत्री, समृद्धि राई र सबिन राई रहेका छन् । । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड÷सम्मिलित गराएका थिए । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_41LPuhdeux_lwjfqw5ir09xbzb5sfnsvf0gvjc8op6lxsflwoqd7ueudhnqbgafazopa6sh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया