‘ओली प्रवृतिले संविधान र संघीयता डेन्जर जोनमा’

जनकपुरधाम : नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमले संविधान र संघीयता ‘डेन्जर जोन’मा परेको बताएका छन् । शुक्रबार प्रदेश कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए ।
ओलीको प्रतिगमनकारी कदमले देशमा अराजकता, भ्रष्टाचार मौलाउँदै गएको उनले आरोप लगाए । ‘प्रम ओलीको बालहट र मुर्ख प्रवृतिले ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र डेन्जर जोनमा परेको छ,’ उनले भने, ‘ओलीको एकल सर्वसत्तावाद मानसिकताले चालिएको कदमबाट हजारौ नेपाली जनताको शहादतबाट प्राप्त उपलब्धी नै समाप्त भएर जाने डर हामीलाई लागेको छ ।’
संघर्ष र आन्दोनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रणाली र धर्मनिरपेक्षता ओलीले समाप्त गर्न खोजेको उनको आरोप छ । ओलीको कदमले जनतालाई ठूलो क्षति हुन सक्ने भएकोले ओलीविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरे ।
अब देशभर दोस्रो चरणका आन्दोलन गरिने उनले बताए । दोश्रो चरणको आन्दोलनका लागि विश्वनाथ साहको सयोजकत्वमा एक हजार एक सदस्यीय संघर्ष समिति गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार पुस १८ गतेदेखि स्थानीय तहमा संघर्षका कार्यक्रमहरू अगाडि बढाइने भएको छ । जिल्ला तथा स्थानीय तहले आफ्नो आवश्यक्ता अनुसार आन्दोलनका कार्यक्रमहरू तय गर्न सक्ने उनको भनाइ थियो ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया