बन्दीपुरमा सडक खाना महोत्सव हुने

तनहुँ- अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो । क्षेत्रीय होटेल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर महोत्सवको आयोजना गर्न लागेका हुन् ।
महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल रहने क्षेत्रीय होटेल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । महोत्सवले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा सघाउने प्रधानको विश्वास छ। ‘महोत्सवले बन्दीपुर आउने पर्यटक बढाउने अपेक्षा राखिएको छ । दुई दिने महोत्सवमा मात्र कम्तीमा सात हजार पर्यटक बन्दीपुर भित्र्याउने लक्ष्य राखेका छौं’, उनले सुनाए ।
सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्रान्ड हो । हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ ।

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

प्रतिक्रिया