शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

'अध्यक्ष कमरेडले आत्मालोचना गरिसके, अन्य नेताले पनि गर्नुपर्छ'

काठमाडाैं - स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उनले महाधिवेशनबाट निस्किँदा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘हामी सबैले स्वीकारी सक्यौँ नि त अलि अलि हामी बिग्रेका हौँ । मुख्य कुरो के हो भने अध्यक्ष कमरेडले आफ्नो तर्फबाट गल्ती स्वीकारी सक्नु भो । जम्मै आफूमाथि लिनुभएको छ । बाँकी हामीले लिने कि नलिने ? अध्यक्ष मात्र रुपान्तरण भएर त हुँदैन । हामी ठूलो जमात गडबढको भयो भने त उहाँलाई पनि गडबढ गराइदिने हो नि त, त्यसैले उहाँ जसरी आत्माआलोचित हुनुभएको छ, हामी आफ्नो ठाउँमा कहाँ कहाँ चुकेका छौँ हामी पनि आत्माआलोचित हुँदै यो हलबाट जाँदाखेरी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।’