कामना सेवा फुटसल कप सुरु

काठमाडौँ - 'स्वस्थ शरीर स्वस्थ मस्तिष्क' भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गरेको पहिलो कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको आज भव्य समारोहकाबीच उद्घाटन सम्पन्न भई लिग चरणका खेलहरु सुरु भएका छन् । काठमाडौं महानगरपालिका हाँडीगाउँस्थित धन्वन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उक्त खेलको उद्घाटन गरेका हुन् ।
उद्घाटन मन्तव्य दिनुहुँदै मन्त्री गहतराजले कोभिड महामारीको कारण विगत २ वर्ष देखि खेलकुद लगायत सबै क्षेत्र प्रभावित भएको र हाल संक्रमणको प्रभाव कम हुँदै गएकोले खेलकुदका गतिविधिहरु सञ्चानल हुन थालेको हुँदा खेलाडीहरुमा उत्साह जागेको बताए । खेलकुदले मानिसलाई अनुशासित गराउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा हरेक क्षेत्रमा यसको महत्व रहेको बताउँदै बैंक परिवारलाई धन्यवाद दिएका थिए ।
कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि, सहभागी टिमका खेलाडीहरुलगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका छन् । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

प्रतिक्रिया