साहिद कपुरको ‘जर्सी’शुक्रबार रिलिज नहुने, ‘आरआरआर’ के होला ?

मुम्बई - यही शुक्रबार रिलिज हुन लागेको ‘जर्सी’ ओम्रिकोनको कारण देखाउँदै रोकिएको छ । फिल्म ३१ डिसेम्बरमा रिलिज हुन लागेको थियो ।
दक्षिण भारतीय फिल्मको रिमेकमा साहिद कपुर र मुर्नाल ठाकुरको मुख्य भूमिका रहेको थियो ।
यो फिल्म नेपालमा समेत रिलिज हुन तयार थियो । मल्टिप्लेक्सले यो फिल्मलाई ‘कमिङ सुन’को सूचिमा राखेका थिए । यो फिल्मलाई एबी इन्टरनेसनलले नेपालको वितरण अधिकार लिएको थियो ।
भारतमा ओम्रिकोन बढेको बन्दै महाराष्ट्रमा रात्रिकालीन निषेधाज्ञा सुरु भएको थियो । यसैका कारण अघिल्लो हप्ता रिलिज भएको ‘८३’को व्यापारमा पनि असर गरेको व्यापार विश्लेषकको अनुमान थियो । निर्माताले परिस्थिति हेरेर चाँडै नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् ।
‘सूर्यवंशी’को व्यापारसँगै हौसिएका भारतीय निर्माताले सन् २०२२को अन्तिमसम्मका लागि प्रदर्शन मिति तोकेका थिए । तर ओम्रिकोनले फेरि यो क्यालेन्डर प्रभावित हुने देखिएको छ । ‘जर्सी’को प्रदर्शन रोकिँदा अर्को हप्ता रिलिज हुन ठिक्क परेको ‘आरआरआर’ले के गर्ला भन्ने चासो बढाएको छ । ठूलो बजेटको यो फिल्मको अहिले धुमधामसँग प्रचारप्रसार चलिरहेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया