२०२०मा भन्दा ९१ प्रतिशत बढ्यो, २०१९ मा भन्दा ६१ प्रतिशतले घट्यो

लसएन्जल्स - ‘स्पाइडर मेन’, ‘ब्ल्याक विडो’ तथा ‘भेनम’को सुखद व्यापारका बाबजुद अमेरिकाको घरेलु फिल्म बजार लयमा आउन नसकेको कमस्कोरको रिपोर्टले देखाएको छ । कमस्कोरका अनुसार सन् २०२१ मा फिल्मको व्यापार ४ अर्ब ४ करोड अमेरिकी डलर पुगे पनि उद्योगले महामारी अघिको तुलनामा फिल्मको व्यापार घटेको छ ।
कमस्कोरले अघिल्लो वर्षको तुलनामा घरेलु फिल्मको बजार ९१ प्रतिशतले बढेको तथ्यांक पेस गरेको छ । तर महामारी यता टिकट बिक्रीको अनुपात ४० वर्षयताकै कम भएको जनाएको छ । सन् २०२० मा फिल्मको व्यापार २ अर्ब २ करोड मात्र भएको पनि कमस्कोरले बताएको छ ।
सन् २०१९ मा फिल्मको व्यापार ११ अर्ब ३९ करोड अमेरिकी डलर थियो । यो सालको आँकडा तुलना गर्दा सन् २०१९ को भन्दा ६१ प्रतिशत कम भएको छ ।
सन् २०१९ मा ‘एभेन्जर एन्डगेम’, ‘दि लायन किङ’, ‘टोय स्टोरी ४’ आदिले ऐतिहासिक कमाइ गरेका थिए । सन् २०१९ मा भन्दा २०२०मा फिल्मको व्यापार ८० प्रतिशत कम भएको थियो ।
यो साल तीन खाले फिल्मले दर्शक पाएको कमस्कोरका विश्लेषकको विश्लेषण छ । यो साल सुपरहिरो, फ्रेन्चाइज र फेमिली फिल्मले दर्शक पाएको उनीहरूको अनुमान छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया