सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

फेरि बढ्‍यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ । रासस