अन्तिम संस्कारको रकम कटाएर मृतकका नाममा अक्षयकोष स्थापना
काठमाडाैँ - प्रवासी नेपाली सङ्घ मोना बेल्जियमले अन्तिम संस्कारको रकम बचत गरी मृतकका नाममा अक्षयकोष स्थापना गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका पाउद्वार स्थायी घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आएका होमप्रसाद तिलिजा दिपेनको अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीमार्फत आर्थिक सहयोग सङ्कलन गरी उहाँको अन्तिम संस्कार गरिएको थियो ।
बेल्जिमय निवासी म्याग्देलीबाट सङ्कलन भएको रकम बचत गरी तिलिजाले अध्यान गरेको विद्यालय पाउद्वार माध्यामिक विद्यालयमा रु दुई लाखको ‘स्वर्गीय होमप्रसाद तिलिजा दिपेन स्मृति अक्षयकोष’ स्थापना गरिएको मोना बेल्जिमयका अध्यक्ष रकेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।
अक्षयकोषमार्फत वार्षिक रुपमा प्राप्त हुने ब्याजमार्फत सो विद्यालयमा अध्ययनरत गरिब तथा असाहय विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । उनले मोना बेल्जियमले प्रवासमा आपत्विपत्मा परेका म्याग्देलीको उद्धारकार्यमा सहयोग गर्नुको साथै जिल्लामा आर्थिकरुपमा उपचारबाट वञ्चित भएका बिरामीको उपचार र प्राकृतिक विपत्तिबाट पीडित व्यक्तिको व्यवस्थापनमासमेत आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिए । रासस

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया