माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता

काठमाडौँ - नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । स्वास्थ्यका कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्व टोलसँग भेटवार्ता गरेका हुन् ।
झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा कुराकानी गरेको बताएका छन् ।
पुनका अनुसार नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् ।
सो भेटवार्ताका क्रममा पुनले अहिलेको पाँच दलीय गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।
वंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण करिब ३ महिनादेखि पुन उपचाररत छन् । जण्डिस दोहोरिएपछि नेता पुन १३ असोज १३ मा बैंककतर्फ लागेका थिए । उनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया