जर्ज क्लुनीको ‘मिडनाइट स्काइ’ नेट फ्लिक्समा सबैभन्दा धेरै हेरिने फिल्म

लसएन्जल्स : जर्ज क्लुनी निर्देशित ‘मिडनाइट स्काइ’ गत साल नेट फ्लिक्समा सबैभन्दा ज्यादा हेरिने फिल्म भएको छ । नेट फ्लिक्सले वर्षको अन्त्य भएसँगै जारी गरेको सूचीमा फिल्मले पहिलो स्थान ओगटेको हो ।
फिल्मलाई अहिलेसम्म ७२ मिलियन दर्शकले हेरिसकेका छन् । त्यो पनि जम्मा एक महिनाको समयसीमामा । ‘मिडनाइट स्काइ’ ७७ वटा देशमा बढी हेरिने फिल्ममा एक नम्बरमा रहेको छ । त्यसैगरी ९३ वटा देशमा फिल्म सबैभन्दा बढी हेरिने उत्कृष्ट १० भित्र सूचीकृत रहेको पनि नेट फ्लिक्सले जनाएको छ । फिल्म सिनेमा हलमा पनि रिलिज भएको थियो । हलका दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्मलाई घरमै हेर्ने दर्शकले पनि रुचाएका छन् ।
‘मिडनाइट स्काई’ ठूलो स्टार संलग्न भएको फिल्म हो । अघिल्लो सालसम्म साना साना फिल्म रिलिज गर्दै आएको नेट फ्लिक्सले सन् २०१९ मा ‘आइरिसमेन’ रिलिज गर्दै ठूला फिल्ममा हात हाल्न सुरु गरेको थियो । गत सालको सुरुवात पनि क्रिस हेम्सवर्थ अभिनित फिल्म ‘एक्सट्रयाक्सन’बाट भएको थियो । यसपछि उसले ‘मंक’, ‘दि ट्रयाल अफ दि सिकागो ७’ आदि फिल्म रिलिज गरेको थियो ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया