रनवीर सिंहको ‘८३’ फ्लप, रनवीरसँगै दीपिका पनि घाटामा

मुम्बई - रनवीर सिंहको फिल्म ‘८३’ले समीक्षकबाट ५ मा ५ रेटिङसम्म पाएको छ । तर यो फिल्मले दर्शकबाट भने अपेक्षित माया पाउन नसकेको रिपोर्ट आएका छन् । यही कारण फिल्मबाट निर्माताले ठूलो रकम गुमाउने भएका छन् ।
फिल्म नचल्नुमा समूहमा रहेका निर्माताले यसको मेकिङलाई मुख्य कारण मान्न थालेका छन् । उनीहरूले फिल्मको मेकिङ भारतले १९८३ मा विश्वकप जित्दाको डकुमेन्ट्रीको जस्तो भएको पनि आरोप लगाउन थालेका छन् । त्योबाहेक निर्देशक कबीर खानले फिल्मलाई विनाकाम लन्डनमा सुटिङ गराएको र यसले खर्च बढाएको भन्दै उनको पनि आलोचना सुरु भएको छ ।
भारतमा उस्तै देखिने रंगशाला हुँदाहुँदै कबीर खानले बेकारमा लन्डन लगेर सुटिङ गराएको पनि निर्माताको आरोप छ । फिल्मले बक्स अफिसमा राम्रो कमाइ नगर्दा यसको असर रनवीर सिंहलाई परेको छ । यो फिल्मबाट रनवीर सिंहले ठूलै रकम लिन बाँकी छ । त्योबाहेक रनवीर पत्नी दीपिका पादुकोन यो फिल्मकी निर्माता पनि हुन् ।
यो फिल्म फ्लप भएसँगै कबीर खानका फ्लप फिल्म संख्या दुई पुगेको छ । कबीर खान निर्देशित ‘ट्युबलाइट’ पनि बक्स अफिसमा नराम्ररी फ्लप भएको थियो । यो फिल्मबाट पनि निर्माताले ठूलो रकम गुमाएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया