सरकारले बालबालिकालाई लगाइने फाइजर खोप किन स्थगित गर्यो ?

काठमाडौँ- सरकारले बालबालिकालाई लगाइने कोभिडविरुद्धको फाइजर खोप कार्यक्रम स्थगित गरेको छ । पूर्व निर्धारित समयतालिकाअनुसार १३ गतेबाट ( मंगलबार) १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम थियो ।
फाइजर खोपसँगै सिरिन्ज नआएकाले तत्कालका लागि स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सिरिन्ज प्राप्त हुनासाथ खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले प्रस्ट पारेको छ ।
यसअघि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएको थियो । मोर्डना खोप लगाउने कार्यक्रम भने ५७ जिल्लामा पुस ४ गतेदेखि जारी छ ।

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया