सरकारकाे विरोध प्रदर्शनमा सहभागी भएको आराेपमा म्यानमारका नायक पाइङलाई तीन वर्ष जेल

काठमाडौँ - म्यानमारका चर्चित सेलिब्रेटीलाई त्यहाँको सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ । म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।
टाकहोनका लाखौं प्रशंसक छन् । उनले सरकारविरोधी प्रदर्शनमा सक्रिय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए ।
निर्वाचनमा व्यापक धाँधली भएको भन्दै गत जनवरीमा सेनाले निर्वाचित सरकारलाई बर्खास्त गरेर सरकारकी नेतृ आङ सान सूचीलाई घरमै नजरबन्दमा राखेको थियो । सत्ता सम्हालेपछि सेनाले विपक्षीको चरम दमन गरेको छ ।
अप्रिलमा आठ ओटा ट्रकमा आएका करिव ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छिन् ।एजेन्सी

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया