ठेकेदार सम्पर्कमा नआउँदा सभाहलको काम अलपत्र, १४ महिनामा २० प्रतिशत प्रगति

हेटौंडाः ठेकेदार सम्पर्कमा नआउँदा बागमती प्रदेशको राजधानी हेटौंडामा निमार्णाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुविधासम्पन्न सभाहलको काम रोकिएको छ । ५ करोड २६ लाख रुपैयाँको लागतमा निर्मार्णाधीन सभाहलको १४ महिनामा २० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
३ पटकसम्म ठेकेदार कम्पनी संरक्षण सेभ जेभिलाई सम्पर्कमा आउन आग्रह गर्दा पनि ठेकदार सम्पर्कमा नआएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । आउँदो बैशाख १९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी संरक्षण सेभ जेभिले २०७७ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता भएपश्चात १४ महिनामा निर्माण कम्पनीले पिन्थ लेबसम्मको काम गरेको छ । सभाहलको काम नहुँदा अहिले निर्माण कार्य अलपत्र परेको छ । गत वर्षको चैत्र महिनादेखि भवन कार्यालय मकवानपुरले सभाहल निर्माणको काम अघि नबढेको देखेसँगै निर्माण कम्पनीलाई कार्यालयले पटकपटक पत्र काट्दै आएको छ ।
शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख राजेश पौडेलले पटकपटक ठेकेदारलाई सम्पर्क गरेर काम सुरु गर्न सचेत गराएको बताए । ‘सभाहल निर्माण स्थलमा निर्माण कम्पनिको कामदार, प्रतिनिधि भेटिँदैन, गत वर्षको चैत्र महिना, चालू वर्षको असोज ४ गते र मंसीर २१ गते गरी तीन पटक पत्र नै काटेका छौं ।’, काम गछौं भनेर आश्वासन आउँछ काम भने सुरु हुँदैन,’ उनले भने ।
चितवनका ठेकेदार भिष्म अधिकारीले कोभिडको जोखिम नभएको समयमा पनि काम नगरेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो दिएको छ । मन्त्रीसँग मिटिङ राखिए पनि सम्बन्धित निर्माणकम्पनि छलफलको लागि नआएको कार्यालय प्रमुख पौडेलले बताए । निर्माणको जिम्मा पाएको कम्पनिले निर्मार्णकार्यमा ढिलाई गर्दा समयमै सभाहल निर्माण कार्य सम्पन्न नहुने देखिएको छ ।
१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सकारे पनि १४ महिनासम्म काम अघि बढ्न सकेको छैन । हेटौंडा उपमहानगरको खाली जमिनमा ४ सय जनासम्म अट्ने सुविधासम्पन्न सभाहल निर्माण गर्न एक वर्षअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । अहिले सभाहलमा निर्माण स्थलमा घाँस उम्रेर घाँसे मैदान भएको छ ।
सभाहल निर्माण कार्य तुरुन्त सुचारु गर्न भवन कार्यालय मकवानपुरले प्रयास गरेपनि निर्माण कम्पनिले चासो नदिँदा काम सुरु हुन नसकेको कार्यालय प्रमुख पौडेलको भनाइ छ । प्राविधिक, बजेट, जनप्रतिनिधि सबैको सहयोग भएपनि ठेकेदार कम्पनिले काम अघि नबढाएको भवन कार्यालय मकवानपुरले जनाएको छ ।
सभाहलको प्राविधिक क्षेत्र हेर्दै आएका इन्जिनियर मो.फिरोज अलिले ठेकेदारले निर्माण कार्य अघि नबढाएपछि पटकपटक संशोधित कार्यतालिका पेश गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको बताए । भवन कार्यालय मकवापनुरले सम्झौताको समय सकिन ४ महिना बाँकी हुँदा पनि ठेकेदार कम्पनीलाई तत्काल काम सुरु गर्न ताकेता गर्दै आएको छ ।
भौतिक मन्त्रालयले ठेक्का लगाएको योजनामा पनि ढिलाई भएपछि सम्बन्धीत मन्त्रालयका मन्त्री र सचिवले चासो देखाउँदा यतिबेला बागमती प्रदेश सभाको भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तर मुख्यमन्त्री कार्यालयको सभाहलमा भने कसैको चासो पुगेको देखिँदैन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाहले सभाहलको रोकिएको कामबारे जानकारी लिने बताएका छन् ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया