कांग्रेसमा जनताको आकर्षण बढ्दो छ : पूर्वमन्त्री भण्डारी

काठमाडाैँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् । नेपाली कांग्रेस बन्दिपुर गाउँसमिति–५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे ।
“देशैभर कांग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भने, “जनताको भरोसा टुट्न दिँदैनौँ ।” पूर्वमन्त्री भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
भण्डारीले निकट विषयमा हुने तीनवटै तहको निर्वाचन कांग्रेसले जित्ने दाबी गरे । उनले भने, “निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौँ, सबै एकजुट भएर लागेको खण्डमा कांग्रेस हार्दैन ।”
मुलुक र मुलुकवासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । मुलुकमा भएका सबै विकास र परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो । भण्डारीले कम्युनिष्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिष्टले जनमतको कदर नगरेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, सहसचिव परमेश्वर भट्टराई, पूर्वसचिव समुन्द्र गोदार, बन्दिपुर गाउँ सभापति कर्ण खत्रीलगायतले पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया