सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

युट्युबमा अश्लील शीर्षक राख्‍ने मल्ल पक्राउ

फाइल फोटो

काठमाडौँ - अश्लील शीर्षकसहित युट्युबमा भिडियो हालेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् । बागलुङको निसीखोला गाउँपालिका–१ खापापानी घर भई काठमाडौं अनामनगर बस्ने रामबहादुर मल्ल पक्राउ परेका हुन् । आइतबार प्रहरीले अनामनगरबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

साथीभाइ अनलाइन टीभी नामको युट्युब च्यानल खोलेर अश्लील शीर्षक राख्दै अश्लीलता फैलाउने भिडियो बनाएर हाल्न थालेपछि उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।