बलिउड अभिनेत्री उर्वशी रौटेलालाई इजरायलमा सम्मान

मुम्बई - बलिउड अभिनेत्री उर्वशी रौटेलालाई ‘सिम्बोल अफ आर्मर’ नामको सम्मानद्धारा सम्मानित गरिएको छ । उनलाई यो सम्मान इजरायलको सेनाले दिएको हो ।
उर्वशी इजरायलको सेनाबाट आर्मरको प्रतीकबाट सम्मान पाउने पहिलो भारतीय अभिनेत्री हुन् ।
हिन्दी फिल्ममा उतिसारो मौका नपाइरहेकी उर्वशीले फेसनका कार्यक्रममा भने प्रशस्त अवसर पाइरहेकी छिन् । उर्वशी केही समय पहिले सम्पन्न मिस युनिभर्समा निर्णायकको भूमिकामा थिइन् ।
फिल्म तथा सिरिजको कुरा गर्दा उर्वशी जियो स्टुडियोको निर्माण रहने ‘इन्स्पेक्टर’मा रणदीप हुड्डासँग काम गर्दैछिन् भने त्योबाहेक उनी तमिल तथा तेलगु भाषाका फिल्ममा पनि देखिँदैछिन् । फिल्मबाहेक उर्वशी म्युजिक भिडियोमा भने प्रशस्त देखिइरहेकी छिन् । उनले गुरु रंधावा र मोहम्मद रमजानको गीतमा पनि अभिनय गर्दैछिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया