विरोधपछि नयाँ शब्दमा सनी लियोनीको ‘मधुवन’

मुम्बई- भारत मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले अभिनेत्री सनी लियोनीले अभिनय गरेको म्युजिक भिडियो ‘मधुवन’ मा परिवर्तन गर्ने घोषणा गरेको छ ।
भिडियोमा आएको प्रतिक्रिया र देशका नागरिकको सम्मान गर्दै मधुवन गीतको नाम र शब्द परिवर्तन गर्ने सारेगामाले प्रतिबद्धता जनाएको छ । उसले तीन दिनभित्र सबै प्लेटफर्ममा रहेको पुरानो गीत हटाएर नयाँ गीत राख्ने बताएको छ ।
हालै गृहमन्त्री मिश्राले अभिनेत्री सनी र गीतका गायकलाई चेतावनी दिँदै भिडियोका लागि माफी माग्न र तीन दिनभित्र भिडियो नहटाए कारबाही भोग्न तयार रहन भनेका थिए । यसअघि मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाची मुखर्जीले आफ्नो मंगलसूत्रको विज्ञापन फिर्ता लिएका थिए ।
यो गीतमा सन् १९६० को फिल्म ‘कोहिनूर’मा मोहम्मद रफीले गाएको गीतका केही शब्द पनि थिए । यो गीतमा मथुराका पुजारीहरूले पनि आपत्ति जनाएका थिए ।
अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनीको गीतका कारण बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिलो बनाएको आरोप लगाएका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया