बेलायतमा एकै दिन १ लाख २२ हजार बढी कोरोना सङ्क्रमित

लन्डन- बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ ।
यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।
त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको सङक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै सङ्क्रमित पाइएको बताइएको छ । बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।
त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका सङ्क्रमितहरुको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया