भारतमा पछिल्लो २४ घण्टामा सात हजार कोभिड सङ्क्रमित, ४२२ व्यक्तिमा ओमिक्रोन

नयाँ दिल्ली, भारत- भारतले पछिल्लो २४ घण्टामा छ हजार ९८७ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको आइतबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।
भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७६ हजार ७६६ रहेको र यो सङ्ख्या सन् २०२० माघदेखि सबैभन्दा कम हो ।
मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोनाभाइरसको ओमिक्रोन भाइरसका ४२२ वटा घटना पुष्टि भएका छन् । महाराष्ट्रमा १०८, दिल्लीमा ७९ र गुजरात ४३ व्यक्तिमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा छ ।
देशमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या कूल सङ्क्रमितको एक प्रतिशतभन्दा कम रहेको छ । अहिले भारतमा कोभिड सङ्क्रमण दर ०.२२ प्रतिशत रहेको छ जुन गत वर्ष मार्चपछि सबैभन्दा कम हो । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया