भारत-चीनबीचको व्यापारमा वृद्धि
बेइजिङ- सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्याङ्क हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ ।
चिनियाँ राजस्व प्रशासन कार्यालय (जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स) को अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ । ज्यानुअरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ ।
भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ । त्यस्तै भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ । (सिन्ह्वा)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

प्रतिक्रिया