धनगढी विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब बजेट विनियोजन

कैलाली - धनगढी विमानस्थलको स्तरोन्नतिका लागि नागरिक उड्ययन प्राधिकरणले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्राधिकरणको तीन सय ९२ औँ बैठकले धनगढी विमानस्थलका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको विशेष पहलमा विमानस्थल स्तरोन्नतिको काम अगाडि बढाउन बजेट विनियोजन गरिएको प्राधिकरण स्रोतले जनाएको छ । मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।
केही दिनअघिमात्र धनगढीमा पर्यटन बोर्डको प्रदेश कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री आलेले धनगढी विमानस्थलको धावन मार्ग दुई हजार पाँच सय मिटर पुर्याउने लक्ष्य रहेको बताएका थिए । उनले यतिसम्म धावनमार्ग विस्तार गर्न सकिएमा धनगढी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सक्ने जनाए ।
धनगढी विमानस्थलबाट काठमाण्डौं–धनगढी र सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा उडान हुँदै आएको छ । धनगढी बिमानस्थलसँगै सुदुरपश्चिमका अन्य बिमानस्थको समेत स्तोरन्नतीका लागि बजेट विनियोजन गरिएको छ ।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_iEjCXFwjNM_mye6jhrylpillupfgezxxoe15wpnfmozad3b7x8ncu689h8swzygxo88qwyd.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया