कार्यकारी निर्देशकबाट दाहालले दिए राजीनामा

काठमाडाैं - नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट प्रा. पुरुषोत्तम दाहालले राजीनामा दिएका छन् । यही ९ पुसबाट लागू हुने गरी उनले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति तथा उपसभापतिलाई नवीन परिस्थितिमा कार्य सहजीकरण होस् भन्ने अभिप्रायले राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले तत्कालीन उपसभापति विमलेन्द्र निधि र नवनिर्वाचित उपसभापतिद्वारा पूर्णबहादुर खड्का र धनराज गुरुडलाई बोधार्थ दिँदै राजीनामा पत्रमा प्रतिष्ठान पार्टीको सैद्धान्तिक, वैचारिक र नीतिगत स्पष्टताका लागि निरन्तर क्रियाशील हुनुपर्ने र यसलाई संस्थागत बनाउन पार्टीले गम्भीर हुनुपर्नेमा सुझाव दिए । प्रा. दाहाललाई २०७५ साउन १ गते तत्कालीन उपसभापति विमलेन्द्र निधिले कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
विसं २०३१ देखि नेपाल विद्यार्थी सङ्घ हुँदै पार्टीमा लामो समयसम्म केन्द्रीय प्रचार विभाग सदस्य र विगत २०४८ र ०५१ को आमनिर्वाचनमा प्रचार समितिको सदस्य र सदस्य सचिव भएर योगदान दिएका दाहालले प्रतिष्ठानलाई संस्थागत विकास गराउन अभिलेखीकरण, प्रशिक्षण पुस्तक प्रकाशन र देशव्यापी प्रशिक्षणमा महत्वपूर्ण कार्य भएको जनाए । दाहालले यही मङ्सिर १२ नेपाल संस्कृत विश्वविद्यालय राजनीतिशास्त्र विभागबाट उमेर हदले अनिवार्य अवकाश लिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया