एमसीसीबारे देउवाले आफ्नो धारणा राख्नुभयो, बोल्ने स्वतन्त्रता छ : अध्यक्ष दाहाल

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् ।
आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरुलाई पढ्न सुझाव दिएका थिए ।
देउवापछि बोलेका प्रचण्डले भने एमसिसीबारे देउवाको व्यक्तिगत विचार भएको गठबन्धनको नभएको संकेत गरेर कार्यकर्तालाई सम्झाउन खोजे । देउवाले आज अत्यन्तै राम्रो बेलेको भन्दै तारिफ गरेका दाहालले एमसीसीका विषयमा भने देउवाको निजी विचार भनेका हुन् ।
'एमसिसीबारे त प्रमले आफ्नो धारणा राख्नुभयो । बोल्ने स्वतन्त्रता छ । तर उहाँले कहाँ राष्ट्रघात छ, देखाउनुस् म पनि राष्ट्रभक्त हो भनेर स्टेटमेन्ट दिइसक्नुभयो । हामी साझा धारणा बनाएर अघि बढ्छौं' दाहालले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया