देउवाले भने : माओवादी अध्यक्षमा प्रचण्डलाई नै देख्छु !

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् ।
आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए ।
‘तपाईंहरुले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु । उहाँलाई पनि धेरै धेरै शुभकामना ’देउवाले भने ।
केही समय अघि सकिएको एमालेको महाधिवेशनबाट केपी शर्मा ओली र कांग्रेसको महाधिवेशनबाट देउवा पार्टी नेतृत्वमा दोहोरिएसँगै उनले प्रचण्डलाई शुभकामना दिएका हुन् ।
माओवादी यसपटकबाट बहुपदीय प्रणालीमा जाँदै छ र १५ सदस्यीय पदाधिकारीको तयारी गरिएको छ । अध्यक्षमा भने प्रचण्डलाई चुनौती दिन सक्ने अरु नेता देखिएका छैनन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया