नेकपा (दाहाल-नेपाल समूह) प्रदेश २ ले आन्दोलन सशक्त बनाउने

जनकपुरधाम : नेकपा दाहाल-नेपाल समूहको प्रदेश २ कमिटीले प्रतिनिधि सभा विघटनविरुध्दको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । बिहीबार जनकपुरधाममा बसेको समूहको बैठकले प्रदेशदेखि वडास्तरसम्म विभिन्न संघर्ष समिति गठनगरी आगामी पुस २४/२५ गतेदेखि थप आन्दोलनका कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको हो ।
बैठकबाट पुस १८ गतेभित्र १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति, १ सय १ सदस्यीय प्रदेश स्तरीय सचिवालय समिति, आवश्यकता अनुसार ५ सय १ देखि ६ सय १ सदस्यीय जिल्ला संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै पुस २० गतेसम्म स्थानीय तह स्तरीय र २१ देखि २४ गतेसम्म वडा स्तरीय संघर्ष समिति गठन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।
स्थायी समिति, केन्द्रीय समिति, प्रदेश र जिल्ला स्तरीय सदस्यहरूको उपस्थितिमा भएको बैठकबाट प्रम केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध पुस २४/२५ गतेदेखि जिल्ला तथा स्थानीय तहबाटआन्दोलनलाई सशक्त बनाउन अन्य दलसँग समन्वय गरेरअघि बढने निर्णयसमेत गरिएको साहले बताए ।
बैठक पश्चात प्रशिक्षण कार्यक्रममा स्थायी कमिटि सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले प्रम ओलीको प्रतिगमनकारी कदमलाई परास्त गर्न र हुन सक्ने अर्को प्रतिगमनकारी कदमलाई रोक्न संघर्षलाई सशक्त बनाउन आवश्यकता रहेको बताए ।
पार्टीको विधान र संविधान विपरीत कार्य गरेका प्रम ओलीलाई ठेकान लगाउन सके मात्र कम्युनिष्ट आन्दोलन सफल हुने उनले बताए । त्यस्तै स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवले ओली प्रवृतिलाई परास्त गर्न संघर्षका कदमहरूलाई शसक्त बनाउनै बताए । नेकपाको विभाजित समूहमा प्रदेश २ का ४ जना स्थायी समिति सदस्य मध्ये ३ जना दाहाल–नेपाल समूहमा र एकजना ओली समूहमा छन् ।
त्यस्तै केन्द्रीय सदस्यतर्फ ६८ जना मध्ये ४५ जना दाहाल नेपाल र १९ जना ओली समूहमा रहेका छन भने ४ जना अन्यौलमा रहेका छन । प्रदेश कमिटी सदस्यतर्फ २ सय १४ जना मध्ये १ सय ३४ जना दाहाल नेपाल समूहमा र ६८ जना ओली समूहमा रहेका छन भने १२ जना अन्यौल्यमा छन ।
प्रदेश सभा सदस्य शत्रुध्न महतोले जनाए अनुसार प्रदेश सभा सदस्यतर्फ ३२ जना मध्ये २० जना दाहाल नेपाल समूहमा र ९ जना ओली समूहमा गएका छन भने दिलिप साह, लगनलाल चौधरी र अनिता यादव सहितका ३ जना अन्यौलमा रहेको छ ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया