घिउसँग नुन साट्ने 'बटौली बजार' मा सम्भावनाको खोजी गरिँदै

बुटवल - इतिहास र संस्कृति बोकेको पुरानो बटौली बजारको संरक्षणका लागि सम्भावनाहरूको खोजी गर्न थालिएको छ । पुर्खाहरूले पहाडबाट ल्याएको घिउ बेचेर नुन साट्ने बजारको रुपमा परिचित पुरानो बटौली बजारको संरक्षण गर्न भन्दै सरोकारवालाले पहल थालेका हुन् ।
बटौलीको प्रवद्र्धन गर्ने हो भने इतिहासको पनि संरक्षण हुने र त्यसलाई ब्राण्डिङ गर्न सके यसबाट फाइदा लिन सकिने भएकाले ऐतिहासिक बटौलीमा सम्भावनाको खोजी हुन थालेको हो ।
अहिले यसको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले सडक व्यवस्थापन, बार म्युजियम, जीतगढीमा पर्यटन विकासको लागि नेपाली सेनासँग मिलेर काम अगाडि बढाएको छ ।
‘बटौलीको संरक्षण र विकासका लागि उपमहानगरपालिकाले कामको सुरुवात गरेको छ, सरोकारवाला सबैको सहयोगमा ऐतिहासिकता बोकेको बटौली बजारलाई संस्कृतिको रूपमा विकास गर्न थालिएको छ,’ बुटवल–१ का वडाअध्यक्ष महेन्द्र लिगलले भने ।
१७६२/६३ सालतिर सुरु भएको बटौली बजार २०२६/२७ सालसम्म उत्तिकै चहलपहल थियो । तर, २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणसँगै बजार विस्तार हुँदै तिनाउ नदीभन्दा पूर्व स¥यो भने बटौली विस्थापित हुँदै गएको त्यसका जानकार बटौली संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौलको भनाइ छ ।
पुरानो बटौली बजार बुटवलको इतिहास हो । इतिहासको संरक्षणसँगै त्यसको ऐतिहासिक महत्वको प्रचारप्रसार गर्न सक्ने हो भने त्यसका माध्यमबाट यहाँको आर्थिक क्रियाकलापसमेत बढाउन सकिने लाकौलको तर्क छ । बुटवल उपमहानगरपालिकाले बटौलीको संरक्षणका लागि भन्दै तीन÷चार वर्षयता छलफल चलाउँदै आएको छ ।
वि.सं. १७६२/६३ तिर व्यापार गर्न जानेका कस्मिरका कसौधनलाई ल्याएर बटौलीमा व्यापारको लागि राखेको भन्ने भनाइ छ । त्यसयता उक्त बजार बटौलीसँगै जोडिने नवलपरासी, कपिलवस्तुसहित पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, प्युठान लगायत २२ जिल्लाको व्यापारको केन्द्र बनेको थियो । पहाडी जिल्लाबाट त्यहाँ उत्पादन हुने घिउ, अदुवा, बेसार लगायतका जडिबुटीजन्य उत्पादन ल्याउँथे भने बटौलीबाट नुन, लत्ताकपडा लगायतका बजार गरेर फर्किन्थे ।
तत्कालीन पाल्पा राज्यका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरवार पनि त्यसै क्षेत्रमा थियो । जहाँ अहिले फूलबारी (मणिमुकुन्द उद्यान) बनेको छ । त्यसभित्र अहिले पनि मणिमुकुन्द सेनको सितकालीन दरवारको भग्नावशेष छ ।
नेपालमाथि अग्रेजले गरेको आक्रमणमा जीत हात पारेको गढी किल्ला पनि यसै क्षेत्रमा पर्दछ । नेपालले जीत हात पारेपछि उक्त गढी किल्लालाई जीतगढी किल्ला भनिएको हो । त्यसबाहेक मणिमुकुन्द सेनले काठमाडौबाट आएपछि स्थापना गरेको भैरवको मन्दिर पनि यसै क्षेत्रमा छ । जुन मन्दिर पाल्पाको भैरवस्थान मन्दिरभन्दा पनि पुरानो मानिन्छ । यो मन्दिर कहिले स्थापना भयो ठ्याक्कै भन्न नसकिए पनि पाल्पाको भैरवस्थान मन्दिर १३ शताब्दीतिरको भएकोले त्योभन्दा पनि बुटवलको पुरानो भएको यसका जानकार रविन्द्रगोपाल लाकौलको भनाइ छ ।
त्यस्तै गणेशथान मन्दिर, गुम्बा र मुस्लिमको मस्जिद पनि भएकाले बटौलीको संरक्षण र विकास गर्न सक्ने हो भने सबै प्रकारका धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उनको भनाइ छ । बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा बटौलीलाई नजिकबाट नियालेका सञ्जय कलवार जयसवालले ऐतिहासिक जीतगढी किल्ला, पुराना मठमन्दिरहरूको संरक्षण गर्न सकियो भने पर्यटनको केन्द्रको रुपमा बटौलीलाई विकास गर्न सकिने बताउँछन् ।
बुटवल उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर गौतम रौनियारले उपमहानगरपालिकाले यस क्षेत्रमा अहिले तीनवटा काम अगाडि बढाएको जानकारी दिए । पुरानो इतिहाससमेत समेटिनेगरी वार म्युजियम र जीतगढी किल्लामा पर्यटन विकासका काम भइरहेको उनले बताए । जहाँ नेपाल–अंग्रेज युद्ध झल्किने दुश्य समावेश गरिनेछ । जुन दुवै काम अहिले अन्तिम चरणमा पुगेका छन् ।
अहिले काठमाडांै पुलचोक इञ्जिनियरिङ कलेजको प्राध्यापक तथा आर्किटेक विद्यार्थीको टोलीले बटौलीको स्थलगत अवलोकन गरिरहेको छ । स्थलगत अवलोकनपछि काठमाडौ फर्केर कानुन तथा अर्थ विज्ञहरूसँग समेत परामर्श गरेर दुई महिनाभित्र प्रतिवेदन तयार गरिने र नगरपालिकालाई प्रदान गरिने पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक अजयचन्द्र लालले बताए ।
निर्माणाधीन केवलकारको पहिलो स्टेशन पनि बटौलीको सिरानमा छ । यसले अझै चहलपहल बढाउने विश्वास बटौलीवासीको छ । बुटवल उपमहानगरले युद्ध संग्रहालय निर्माणको काम पनि थालेको छ ।
युद्ध संग्रहालय र बुटवलको सौन्दर्यीकरणका लागि दुई अर्ब बजेट आवश्यक पर्ने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् । ६ करोड ८२ लाख ५० हजार रुपैयाँको लागतमा युद्ध संग्रहालय निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया