माओवादी केन्द्रको महाधिवेशन केहीबेरमा सुरु हुँदै
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशन अहिले केहीबेरमा सुरु हुँदैछ ।
माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ । तर ओली काठमाडौँबाहिर भएका कारण उपस्थित नहुने भएका छन् ।
देशव्यापीरूपमा कार्यकर्तापंक्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहालको हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ । महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गर्ने जनाएका छ ।
माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया