‘स्पाइडर मेन’ बन्यो सोनीको इतिहासमै बढी कमाउने फिल्म

लसएन्जल्स- ‘स्पाइडर मेन : नो वे होम’ले बक्स अफिसमा आश्चर्यजनक कमाइ गरिरहेको छ । दुई हप्ताअघि रिलिज भएको फिल्मको कमाइले अमेरिकामा भने बेग्लै रेकर्ड कायम गरेको छ । क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन कमाइ गर्दै फिल्मले सोनीले बनाएका फिल्ममध्ये अमेरिकाबाट सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको हो । शुक्रबारसम्मको आँकडा हेर्दा फिल्मले अमेरिकामा मात्र ४०५.५ मिलियन कमाएको छ जुन रेकर्ड हो ।
यसअघि यो रेकर्ड सन् २०१७ मा रिलिज भएको ‘जुमान्जी : वेलकम टु जंगल’ को नाममा थियो । यो फिल्मले ४०५ मिलियन डलर कमाइ गरेको थियो ।
‘स्पाइडर मेन : नो वे होम’ले भने विश्वभरबाट १ बिलियन कमाइ गर्ने अनुमान गरिएको छ । रिलिज भएको छोटो अवधिमा यो आँकडा छुनेमा पनि यो फिल्म अगाडि रहेको छ ।
पहिला रिलिज फिल्ममध्ये ‘एभेन्जर एन्ड गेम’ले ५ दिनमा १ बिलियन कमाइ गरेको थियो भने यसको पूर्ववर्ती ‘एभेन्जर इनफिनिटी वार’ले ११ दिनमा यत्तिको कमाइ गरेको थियो । ‘स्टार्स वार’को नयाँ शृंखलाले यही उपलब्धि १२ दिनमा हासिल गर्दा ‘स्पाइडर मेन : नो वे होम’ले भने ११ दिनमै यत्तिको कमाइ गरेको हो । तर बाँकी फिल्मभन्दा यसको आम्दानी चाँडो हो किनकि विश्वभर नै यो फिल्म ५० प्रतिशत अकुपेन्सीका बीच चलिरहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया